ग्रो अप जापानका अध्यक्ष योनेदा र कांग्रेस इन्द्रावती गाउँपालिका कार्य समिति सभापति थापाबीच भेटवार्ता

11

काठमाडौं । नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्य समिति सभापति जीवनकुमार थापामगर अहिले पारिवारिक तथा सामाजिक कामको सिलसिलामा जापान भ्रमणमा रहेका छन् ।

जापान भ्रमणका क्रममा सभापति थापाको jafs नामक संस्थाका बोर्ड सदस्य अकिमासा योनेदासंग भेटबार्ता समेत गरेका छन् । योनेदा ‘ग्रो अप’ नामक संस्थाका अध्यक्ष समेत रहेका छन् ।

जापानको ओसाकामा कार्यालय रहेको ग्रो अप नामक संस्थाका अध्यक्ष योनेदाले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ स्थित इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा अबस्थित माथिल्लो गहते खानेपानीकालागि सहयोग गरेका थिए ।

उक्त खानेपानीबाट ७० घरपरिवार लाभान्वीत भएका छन् । जापानमा रहदा सभापति थापाले विभिन्न संघसंस्थाका प्रतिनिधिसंग भेटघाटका अलवा जापानको विकास र प्रविधिको समेत अध्ययन गर्ने बताएका छन् ।

अध्यक्ष थापासंगै नेपालको ग्रामिण भेग सिन्धुपाल्चोकका विकट बस्तीहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर योगदान दिदै आएको ज्याप्mसका नोरिको लगायतका प्रतिनिधि समेत अहिले जापानमै रहेका छन् ।

Federation of Electric Power Related Industry Worker’s Union of KYOTO Executive Committee Chairman Mr. Toshio SAEKI Deputy Executive Chairman Mr. Shinya HIGUCHI पनि सभापति थापाको भेटघाट भएको बताइएको छ ।

सो युनियनले अहिले पनि इन्द्रावतीमा कफी तालिम तथा बिरुवा वितरण गर्दै आएको र आउने वर्ष पनि सहयोग गर्ने निर्णय भएको छ थापाले बताएका छन् । थापा लगायतको प्रतिनिधि मण्डल अझै २ साता जापानमा रहने बताइएको छ ।

समाचार वर्गहरू