घूस सहित वडा अध्यक्ष उमेशकुमार साह पक्राउ

14

(काठमाडौं) – मोरङको जहदा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष घूस रकम सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग २१ हजार रुपैयाँ घूस लिंदै गरेको अवस्थामा वडा अध्यक्ष उमेशकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

जहदा गाउँपालिका वडा नम्बर १ स्थित हरिलाल सर्वरियाको घरदेखि बाँध स्थलसम्म ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागेका थिए ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीसँग घूस लिईसकेको अवस्थामा वडा कार्यालयबाटै पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

समाचार वर्गहरू