घूस सहित विद्युत प्राधिकरणका २ कामदार पक्राउ

48

(काठमाडौं) – अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले नेपाल विद्युत प्राधिकरणको काठमाडाैंस्थित कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत दुई कामदारलाई पक्राउ गरेकाे छ ।

प्राधिकरणका कामदार कृष्ण मुरारी चौधरी र पुरुषोत्तम दाहालले बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग घूस लिएकाे आराेपमा आयाेगकाे टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।

घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगकाे टंगालबाट खटिई गएको टोलीले निजहरु कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई सेवाग्राहीसँग २५ हजार रूपैयाँ सहित काठमाडाै महानगरपालिका वडा नं. १४ स्थित गुडफुड तन्दुरी अगाडीबाट पक्राउ गरेकाे हाे ।

उक्त रकमसहित बिहीबार रंगेहात पक्राउ परेका दुबै विरूद्द अनुसन्धान भईरहेकाे आयाेगले जनाएकाे छ ।

समाचार वर्गहरू