भक्तपुर – चन्दा संकलन गरेको अभियोगमा भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा सुकुम्बासी टोल बस्ने उदयपुर हदैनी-६ घर भएका ६१ वर्षीय गोपाल नेपाली रहेका छन् ।
नेपालीलाई बुधबार साँझ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उक्त टोलका व्यक्ति तथा संस्थाबाट तीन लाख रुपैयाँ संकलन गरी रसिद बाँड्दै गरेको अवस्थामा विभिन्न पर्चाहरु, एनआईसी एसिया बैंकको चेकबुक १ थान र विभिन्न कागजात सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।