जिल्ला सभापतिको म्यान्डेटसहित काँग्रेस संस्थापन इतर अघि बढे, सभापतिहरुलाई देउवाको ब्रेकफाष्ट !

22
फाइल फोटो

मध्यबिन्दु/काठमाडौँ– नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पार्टीलाई विधि र पद्धती अनुसार चलाउन जिल्ला सभापतिहरुबाट सुझाव आएकोले यसले आफुलाई बलियो बनाएको बताएका छन् । जिल्ला सभापतिहरुको भेला समापनको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेताद्धय पौडेल र सिटौलाले सहमतीबाट कार्यतालिका ल्याइने मान्यतालाई तोडिएको बताएका छन् ।

सभापति देउबालाई जिल्ला सभापतिहरुको भेलाबाट निस्किएको निचोडसहितको ज्ञापनपत्र बिहिबार केन्द्रिय कार्यालय सानेपामा बुझाईने समेत नुवाकोट काँग्रेसका सभापति जगदिसनरसिंह केसीले मध्यबिन्दु अनलाईनलाई बताए ।
यसैबिच, नेपाली कांग्रेसका वरिष्ठ नेताद्धय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षिय जिल्ला सभापतिहरुलाई काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउबाले बिहिबार विहान ‘ब्रेकफाष्ट’ दिने भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा सहभागी हुन काठमाडौं आएका जिल्ला सभापतिहरुलाई पार्टी सभापति देउवाले बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा ब्रेकफाष्ट दिने भएका हुन् । सोमबारबाट सुरु भएको जिल्ला सभापति भेला बुधबार सकिएको छ ।

भेलामा सहभागि सभापतिहरु आफ्ना बिरुद्धको सन्देश लिएर जिल्ला नजाउन भन्नका लागि सभापति देउवाले ब्रेकफाष्टको आयोजना गरेको देउबा निकट एक केन्द्रिय सदस्यले मध्यबिन्दु अनलाईनलाई बताए । संस्थापन पक्षइतरले बोलाएको भेलामा ४७ जिल्लाका जिल्ला सभापतिहरुको उपस्थिति रहेको थियो ।

समाचार वर्गहरू