झापा–५ बाट एमाले अध्यक्ष ओली र बालेन्द्र शाहद्वारा उम्मेदबारी दर्ता

5

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने बताएका छन् ।

झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । झापामा केहीबेरअघि ओली उम्मेदवारी दर्ता गर्न जाँदा केही युवाहरूले धकेलाधकेल गरेका थिए । तर, ओलीले त्यहाँ कुनै ठूलो झडप नभएको बताए ।

एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन जान्छ । त्यो कसैले पनि नगर्दा हुन्छ,’ ओलीले उक्त घटनाप्रति संकेत गर्दै भनेका छन् । रास्वपा अहिलेको सरकार संरक्षित दल भएको बताएका हुन् । अहिले देशमा आगो लगाउन लागिरहेका छन्, तिनले भ्रम पार्न खोज्दैछन् ।

नयाँ पिँढिमा भ्रम छ । देश बचाउनका लागि अनुभवि नेतृत्व चाहियो,’ ओलीले भनेका छन् । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

मंगलवार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराएका हुन्। यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताए।

समाचार वर्गहरू