टी२० आईमा सन्दीप लामिछानेले बनाए एक सय विकेटको कीर्तिमान

33

काठमाडौं – लेग स्पीनर सन्दीप लामिछानेले टी-२०आई क्रिकेटमा एक सय विकेटको पुर्‍याएका छन्।

टी२० विश्वकपअन्तर्गत सोमवार बिहानको बाङ्ग्लादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनको नाममा उक्त कीर्तिमान बनेको हो।

यसअघि ९८ विकेट लिइसकेका लामिछानेले पहिलो विकेट १३.२ ओभरमा तन्जिम हसन सकिवलाई बोल्ड गर्दै लिए।

उनले दोस्रो विकेटका रूपमा १५.३ ओभरमा जाकिर अलीलाई ‘आउट’ गर्दै बनाएका थिए। सन्दीपको गुगलीलाई जाकिरले रोक्न सकेनन्।

उनले ५४ वटा टी–२० आई खेलेर सय विकेट लिएका हुन्। योसँगै उनी टी-२० आईमा १०० विकेट लिने विश्वका दोस्रो छरितो खेलाडी बनेका छन्।

जारी विश्वकप अन्तर्गत भिसा नपाएका कारण लामिछानेले अमेरिकामा भएको द नेदरल्यान्ड्स र श्रीलङ्काविरुद्धका दुई खेल खेल्न पाएका थिएनन्। यद्यपि श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो।

एक किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनी राष्ट्रिय टोलीबाट निलम्बित भएका थिए।

तर पाटन उच्च अदालतले जेठ २ गते सफाइ दिएपछि उनको निलम्बर फुकुवा भएको थियो। बिबिसी

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू