डा केशर ढकाल र श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिवमा बढुवा

140

काठमाडौं – डा केशर बहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तहको अतिरिक्त सचिव पदमा बढुवा भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रिक्त रहेका दुई १२औं तहका अतिरिक्त सचिव पदमा डा ढकाल र डा श्रेष्ठलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

बढुवाका लागि गठित समितिले डा ढकाल, डा श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस गरेको थियो। तर सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तीमध्ये डा ढकाल र डा श्रेष्ठलाई मात्र अतिरिक्त सचिवमा बढुवा गर्ने टुंगो लगाएको हो।

समाचार वर्गहरू