त्रिभुवन आर्मी र भारत सिक्किमको आक्रामक क्लब भिड्दै

10

(झापा) – झापामा जारी हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा आज पहिलो सेमिफाइनलका खेलहरु हुँदै छन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र भारत सिक्किमको आक्रामक फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली बीचको खेल बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा दिउँसो हुनेछ । यस अघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा गोरखा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । चर्च ब्वाइजले सेमिफाइनलमा पर्सि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

कार्तिक २५ गतेसम्म सञ्चालन हुने गोल्डकपमा दुई भारतीयसहित १० टिमको सहभागीता रहने आयोजक क्लबले जनाएको छ । गोल्डकपको विजेता टिमले नगद १२ लाख ५० हजार तथा उपविजेता टिमले नगद ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

समाचार वर्गहरू