थप तीन सदस्यको नियुक्तिसँगै राष्ट्रिय योजना आयोगको पुर्णता

21
शपथ ग्रहण गर्दै डा. रमेशचन्द्र पौडेल

काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरी आयोलाई पुर्णता दिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन् । उनले अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । आरपी विछा भने लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छन् ।

नव नियुक्त सदस्यहरु पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन् भने बुढाथोकी  काठमाडौं बाहिर रहेकाले उनको शपथ ग्रहण बाँकी छ ।

सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मिनबहादुर श्रेष्ठलाई तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।  थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू