दरबार हत्याकाण्डको स्मरणमा दीप प्रज्वलन

24
फोटो- रातोपाटी

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको स्मरण गर्दै नारायणहिटी दरबार परिसरमा दीप प्रज्वलन गरिएको छ ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको स्मरण गर्दै विभिन्न राजावादी पार्टी, तथा अभियन्ताहरूले दीप प्रज्वलन गरि राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

२०५८ जेठ १९ गते भएको राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सो दीप प्रज्वलन कार्यक्रममा पूर्वराजकुमार पारस शाह लगायत पूर्वराजपरिवारका सदस्यहरूको समेत उपस्थित रहेको थियो ।

त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद दीपक बहादुर सिंह र अभियन्ता दुर्गा प्रसाईंको समेत उपस्थिति रहेको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू