दिपेश, रत्न, विकास र नविन क्वाटरफाईनलमा

19

काठमाडौं  – एपीएफका दिपेश धामी, सेनाका रत्नजित तामाङ्ग, भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् । उच्च १६ वरियताका खेलाडीबीच भएको पुरुष एकलको लिग खेलमा चारै जना खेलाडी आ आफ्नो समूहमा शीर्ष स्थान हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

समूह बीका राष्ट्रिय च्याम्पियन दिपेश धामीले सेमिफाईनल प्रवेशका लागि समूह डीका उपविजेता सेनाका रुकेश महर्जन संग प्रतिस्पर्धा गर्ने छन् । यस्तै, समूह डीका विजेता सेनाका नविन श्रेष्ठले समूह बीका उपविजेता सेनाका प्रफुल महर्जनस“ग प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए मा रत्नले आफ्ना सबै तीन प्रतिद्वन्दीलाई पराजित गर्दै समूह विजेता भएका हुन् । उक्त समूहबाट उपविजेताका रुपमा पुलिसका जीवन आचार्यले अन्तिम आठमा स्थान बनाए । अब रत्नले समूह सीका उपविजेता पुलिसका सुनिल जोशीस“ग प्रतिस्पर्धा गर्ने छन् । यस्तै, समूह सीका विजेता विकासले ए का उपविजेता जीवन आचार्यको सामना गर्ने छन् ।
समूह एमा रत्नले पुलिसका जीवन आचार्यलाई २१ – ६, २१ – १०, एपीएफका सुमन लिम्बुलाई २१ – १०, २१ – १३ तथा गौतम सिंह कठायतलाई १९ – २१, २१ – ९, २१ – १४ ले पराजित गरे । यस्तै, जीवनले एपीएफका सुमन लिम्बुलाई २१ – १८, २४ – २२ ले तथा गौतम सिंह कठायतलाई १५ – २१, २१ – १९, २१ – १४ ले हराए । एपीएफका गौतमले आफ्नै क्लबका सुमनलाई २१ – १५, २१ – १५ ले हराए ।

समूह बीमा दिपेश धामीले सेनाका प्रफुल महर्जनलाई २१ – १९, २१ – ९ ले तथा बाँकेका ईरफान अन्सारीलाई २१ – १४, २१ – १४ ले र प्रफुलले ईरफानलाई २१ – ११, २१ – १५ ले पराजित गरे । यस्तै, समूह सीमा पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले एपीएफका विजित थापामगरलाई २१ – १५, २१ – ९ ले तथा पुलिसका सुनिल जोशीलाई २१ – १७, २१ – १४ ले र सुनिलले विजितलाई २१ – १६, २१ – ९ ले पराजित गरे ।

समूह डी मा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जनलाई २१ – १५, २१ – १०ले तथा पुलिसका विष्णु कटुवालबाट वाक ओभर पाए । पुलिसका विष्णुले अस्वस्थताका कारण खेल परित्याग गरे पछि रुकेशलाई विजयी बनाईएको थियो ।
महिला उच्च १२ तर्फको एकलमा एपीएफकी जेशिका गुरुङ्ग र सुनैना मुखिया तथा सेनाकी अनुमाया राईले पनि अन्तिम ८ मा स्थान बनाए ।

जेशिकाले समूह डीमा एपीएफकी शोभा गौचनलाई २१ – ८, २१ – १२ ले तथा मोरङ्गकी सिमा राजवंशीलाई २१ – १८, २४ – २२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । अब जेशिकाले सेमिफाईनल प्रवेशका लागि समूह बी की उपबिजेता सेनाकी रञ्जना भट्ट संग प्रतिस्पर्धा गर्ने छिन् । सो समूहमा उपबिजेताकी रुपमा मोरङ्गकी सिमा राजबंशी रहिन् । जेशिका संग पराजित राजबंशीले एपिएफकी शोभा गौचनलाई २१ – ७, २१ – १६ ले पराजित गरिन् ।

यस्तै, समूह बी की बिजेता एपिएफकी सुनैना मुखियाले सेनाकी रञ्जना भट्टलाई २१ – १९, २१ – १४ ले तथा सेनाकै अमिता गिरीलाई २१ – १७, २२ – २० ले पराजित गरिन् । अव मुखियाले समूह डीकी उपबिजेता सिमा राजबंशीसंग प्रतिपर्धा गर्नेछिन् । मुखिया संग पराजित रञ्जनाले सेनाकै अमिता गिरीलाई २१ – १२, २१ – १८ ले पराजित गरिन् ।
अन्तिम आठमा पुग्ने क्रममा समूह सी की बिजेता सेनाकी अनुमाया राईले मोरङ्गकी निता लम्साललाई २१ – १७, २७ – २५ ले तथा भोजपुरकी सिता राईलाई १९ – २१, २१ – १७, २१ – १२ ले पराजित गरिन् । अव उनले क्वाटरफाईनलमा समूह ए की उपबिजेतासंग प्रतिस्पर्धा गर्नेछिन् । यस समूहमा निता लम्साल उपबिजेता बनिन् । निताले सिता राईलाई १८ – २१, २१ – १९, २१ – १७ ले पन्छाउन सफल भईन् ।

समूह ए मा राष्ट्रिय च्याम्पियन रशिला महर्जनले बिजयी सुरुवात गरेकी छिन् । उनले बाँकेकी संझना शर्मालाई २१ – ११, २१ – १३ ले पाखा लगाईन् । यस समूहको बाँकी खेल बिहिबार हुने कार्यक्रम रहेको छ ।

ब्याडमिनटनको खेल सामाग्री उत्पादन गर्ने योनेक्सको नेपाली आधिकारीक बिक्रेता योनेक्स सनराईजको प्रायोजन रहेको प्रतियोगिताको महिला खुला एकल तर्फ जेष्टकी मनिषा खड्का, सूर्खेतकी पुष्पा शाही, बाँकेकी सुष्मा श्रेष्ठ, एपिएफकी निकिता लामा, कैलालीकी प्रार्थना देउवा र रुपन्देहीकी सुन्दरी थारुले अन्तिम आठमा स्थान सुरक्षित गरे ।

पुरुष युगल तर्फ एपिएफका विजित थापा मगर र दिपेश धामीको जोडी, सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी, बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा पुलिसका पूर्ण बहादुर थापा र गौरव दाहालको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए ।

ईटहरीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुला तर्फ सेनाका पविन लिनथेप, गोकुल जोरा र दिवस शंकर, कैलालीका अमृत चौधरी र देवराज राना, बाँकेका रियाज अन्सारी, ललितपुरका ससिन डङ्गोल, बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरी, एपिएफका प्रियान्सु सिंह क्षेत्री, ईन्द्र महता, पेम्बा शेर्पा र निराजन देवकोटा, पुलिसका गौरव दाहाल र पूर्ण बहादुर थापा तथा रुपन्देहीका किरण बिष्ट प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा छात्र यु १७ तर्फ एपिएफका पेम्बा शेर्पा र प्रियान्सु सिंह क्षेत्री, कैलालीका जैबी साउद र अमृत चौधरी, कञ्चनपुरका हिमाल चन्द, दाङ्गका सुरज गुप्ता, सफिक ईद्रिसी र हिमांशु कुँवर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, कपिलबस्तुका रोहित बराल, सेनाका भोजबहादुर गुरुङ्ग, दिवस शंकर र गोकुल जोरा, सूर्खेतका नरेन्द्र बम, बुढासुब्बाका सत्यम सुब्बा र सुनसरीका सशांक सुब्बाले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

समाचार वर्गहरू