काठमाडौं – नेकपा एमालेले राप्रपा र राप्रपा नेपाल दुबैसँग तालमेल गर्नका लागि चरणमा छलफल अगाडी बढाएको छ। राप्रपा नेपालसँग वार्ताका गर्न लागि त समिति नै गठन गरेको एमालेका एक नेताले बताए ।
ति नेताका अनुसार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग तालमेल गर्ने सहमति नजिक पुगेका बताए। उनले भने दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र कमल थापाबीच तालमेलका लागि तीन चरणमा भएको वार्ता भइसकेको छ।
त्यसैगरी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि एमालेले वार्ता गरिरहेको उनको भनाइ छ। उनले भने, ‘तालमेलका लागि आवश्यक प्राविधिक कामको टुंगो गर्न दुई पार्टीले नेताहरुलाई जिम्मा पनि दिएको छ।
एमालेबाट ओलीका सल्लाहकारसमेत रहिसकेका झापाका नेता देवेन्द्र दाहाल र राप्रपा नेपालबाट महामन्त्री सुशील श्रेष्ठलाई वार्ता गर्न संयोजक तोकिएको स्रोत बताउँछ ।