दुर्गा प्रसाईं फेरी भक्तपुरबाट पक्राउ

9

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो। उनलाई सार्वजनिक शान्ति खलबल्याएको आरोपमा समातेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए।

उनलाई अहिले प्रहरी परिसर भक्तपुरमा राखिएको छ। निर्वाचन विथोल्न सक्ने आँकलनका साथ प्रहरीले उनलाई प्रक्राउ गरिएको बुझिएको छ। उनले निर्वाचन बहिष्कार गर्न अपिल गर्दै आएका थिए। प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए।

उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।

समाचार वर्गहरू