धनगढीविरुद्ध चितवन विजयी

49

पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो खेलमा चितवन विजयी भएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा एक्पर्ट धनगढीलाई ५२ रनले पराजित गर्दै चितवन राइनोज विजयी भएको हो ।
जारी लिगमा चितवनले लगातार तेस्रो जित निकालेको हो ।

चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए । चितवनका भुवन कार्कीले ३ तथा करण केसी र सन्नी पटेलले समान २२ विकेट लिए ।

चितवनका लागि आरिफ शेखले अविजित रहदै सर्वाधिक ४७ रन बनाए । धनगढीका दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २२ विकेट लिए ।

जितसँगै चितवनले ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ भने ३ खेलबाट २ अंक मात्र जोडेको धनगढी तालिकाको पुछारमा छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू