धरान उपमहानगरको मेयरमा कांग्रेसका तिलक राई वियजी

15

(सुनसरी) – सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै कांग्रेसका तिलक राई विजयी भएका हुन् ।

राईले २६ हजार ७ सय ९ मत प्राप्त गरे । नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए । धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यसपटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै विजयी भए ।

समाचार वर्गहरू