धार्मिक सभामा भागदौड मच्चिँदा एक सय २२ जनाको मृत्यु

16

काठमाडौं – भारतको उत्तर प्रदेशमा एउटा धार्मिक सभामा भएको भागदौडमा परेर मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको छ।

भारतीय मिडियाहरुले भागदौडमा १२२ जनाको मृत्यु भएको र डेढ सय भन्दा बढी घाइते भएको उल्लेख गरेका छन् ।हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा मंगलबार स्थानीय गुरु भोले बाबाको कार्यक्रममा भागदौड मच्चिँदा उक्त घटना भएको उत्तर प्रदेश प्रहरीले जनाएको छ।

मारिनेहरुमा महिला र बालबालिका पनि छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत दिने बताएका छन्‌ ।

उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएका छन् ।

उक्त सत्संगमा २२ हजार भक्तजन सहभागी रहेको बताइएको छ । एजेन्सी

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू