धितोपत्र बोर्डको अध्यक्षमा ४७ जनाको आवेदन

80

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्म ४७ जनाको आवेदन परेको हो ।

सेबोनको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले वैशाख १५ गते सूचना जारी गर्दै ७ दिन भित्र योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन भनेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको लब्ध प्रतिष्ठित व्यक्तिले आवेदन दिन पाउने भनिएको थियो ।

आवेदन परेकामध्येबाट सिफारिस समितिले तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाउनेछ । जसमध्येबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

समाचार वर्गहरू