नक्कली हाजिरी गरेर १ लाख तलब लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

28

काठमाडौं – राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​

विद्यालयमा अनुपस्थित भएको समयको समेत तलब भत्ता लिएको अभियोगमा प्रधानाध्यापक धनीलालसहित ​भोलि यादव, वीरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विद्यालयका प्राथमिक शिक्षक बालेश्वर यादवले आफू अध्ययन बिदामा बसेको अवधिको समेत तलब भत्ता सुविधा लिएको उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले ९१ दिनको फर्जी हाजिरी गरेर १ लाख ३० हजार ८४३ रुपैयाँ तलब भत्ताको लिएको पुष्टि भएको आयोगले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू