नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन – महासचिव पोखरेल

130

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन्।

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन्।

यो सरकार चुनाव गर्नका लागि बनेको हैन्, नहुने चुनावको पैरवी गरेर समय खेर फाल्दैन् , उनले भने , सरकारका काम कृयाकलाप चुनाव तर्फ केन्द्रीत नै छैनन्, निर्वाचन आयोगले मात्रै चुनावका कुरा गरेर चुनाव हुदैन ।

निर्वाचन आयोगले चुनावको तयारी गरेको कुरा गरिराखेको भन्दै उनले सरकारको काम र कृलाकलाप चुनावको तयारीमा छैन् भन्ने पार्टीको ठहर र विश्लेषण रहेको पनि बताए ।

महासचिव पोखरेलले एमालेले सारेका एजेण्डाले नै मुलुकलाई चुनाव तर्फ लैजाने पनि जिकिर गरे । चुनाव गर्न बाध्य पार्न जनतालाई परिचालित गर्नुपर्दछ, जनदवाव सिर्जना गर्नुपर्ने पनि उनले बताए ।

चुनावका लागि महत्वपूर्ण शक्ति नेपाल प्रहरी का हतियार गोलिगठ्ठा खोसिएको, अपराधीहरु जेलबाट भागेर समाजमा घुलमिल भइ अपराधका घट्ना बढाएको यसले असुरक्षा भय र त्रासको वातावरण विद्यमान रहेको चर्चा उनले गरे ।

त्यस्तै महासचिव पोखरेलले बाह्य शक्ति, नेपालको राजनीतिमा आफ्ना सत्ता आकांक्षा पूरा नभएर कुण्ठित बन्न पुगेका राजनीतिक दलहरु, बैकल्पिक शक्ति निर्माण गर्ने नाममा अराजकता मच्चाइरहेकाहरुले जेनजी आन्दोलनलाई ध्वंस्तात्मक बनाउने काम गरेको आरोप लगाए। जेनजी आन्दोलनमा षडयन्त्र गर्नेहरुको पहिचान गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।

समाचार वर्गहरू