काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति थप बढेर ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ बिषय प्रतिवेदनमा सो कुरा उल्लेख गरेको छ । यस वर्ष गत असार मसान्तको तुलनामा २९ दशमलव ६ प्रतिशतले बढी रहेको समेत दाबी बैंकले गरेको छ । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको पाँच महिनामा त्यो थप बढेर ३२ खर्ब माथि पुगेको हो, जुन हालसम्मकै उच्च रहेको समेत दाबी बैंकले गरेको छ । बढ्दो रेमिट्यान्स लगायतका कारण नेपालमा विदेशी मुद्रा सञ्चिति निरन्तर बढ्दै आएको छ । डलरमा भने विदेशी मुद्रा सञ्चिती १३।५ प्रतिशतले बढेर २२ अर्ब १३ करोड पुगेको समेत जनाएको छ । २०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई २०८२ मङ्सिर मसान्तमा ३२०१ अर्ब ४७ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३ दशमलव ५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार राष्ट्र बैंकसँग २८ खर्ब ६६ अर्ब ४७ करोड विदेशी मुद्रा छ । बैंक तथा वित्तीय संस्थामा भने तीन खर्ब ३५ अर्ब छ । विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव २ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षको मंसिरसम्मको देशको आर्थिक तथा वित्तीय अवस्थासम्वन्धी प्रतिवेदनले नेपालको निर्यात बढेको देखिए पनि व्यापार घाटामा भने आसै सुधार आउन नसकेको देखिएको छ । उक्त अवधिसम्म नेपालको कूल व्यापार घाटा ६४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यस्तो घाटा गत बर्षको भन्दा १० दशमलव ५ प्रतिशतले धेरै हो ।
अघिल्लो बर्ष भने यस्तो वृद्धि १ दशमलव ५ प्रतिशत मात्रै थियो । यस आवको पहिलो पाँच महिनामा कुल वस्तु निर्यात ५८ दशमलव २ प्रतिशतले वृद्धि भई रु. ११६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६ दशमलव५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२ दशमलव ७ प्रतिशत र ५ दशमलव ५ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यातमा ७३ दशमलव ३ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।यस्तै, समीक्षा अवधिमा कूल वस्तु आयात १५ दशमलव ८ प्रतिशतले वृद्धि भई रु. ७६६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३ दशमलव ० प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः ५ दशमलव ७ प्रतिशत, २४ दशमलव ६ प्रतिशत र ४०दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५।२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव १ प्रतिशत रहेको थियो । यस अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. ६९ अर्ब ४५ करोड बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु . ७२ अर्ब ८४ करोड बराबरको भएको थियो । चालु आर्थिक बर्ष ०८२/८३ को पाँच महिनामा नेपालमा आठ खर्ब ७० अर्ब ३१ करोड रूपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ बिषयक प्रतिवेदनले यस्तो देखाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ३५दशमलव ६ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा ६ खर्ब ४१ अर्ब ८६ करोड ६५ लाख रूपियाँ रेमिट्यान्स भित्रिएको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीको बढ्दो संख्याले उनीहरुले पठाउने पैसा अर्थात् रेमिट्यान्स पनि बढ्दो क्रममा छ । तथ्यांक अनुसार मंसिरमा मात्रै एक खर्ब ८३ अर्ब १९ करोड रूपियाँ रेमिट्यान्स भित्रिएको छ । ‘आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५।६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको थियो ।
२०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह ११८ अर्ब ७९ करोड रहेको थियो,’ प्रतिवेदनमा भनिएकोछ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ दशमलव ४ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । नेपालबाट बाहिरीने र नेपाल भित्रिने रकमबीचको अन्तर अर्थात् शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड रूपियाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मंसिर मसान्तसम्मको ‘देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
गत आवको मंसिर मसान्तसम्म शोधनान्तर स्थिती दुई खर्ब २५ अर्ब ३४ करोड रूपियाँले बचतमा थियो । चालु आवको पाँच महिनामा भने शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड रूपियाँ पुगेको हो । अमेरिकी डलरमा शोधनान्तर स्थिती दुई अर्ब ९८ करोड डलर छ । ‘समीक्षा अवधिमा शोधनान्तर स्थिति ४२१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२५ अर्ब ३४ करोडले बचतमा रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ९८ करोडले बचतमा रहेको छ ।’
यस्तै, समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर भने सात अर्ब ६ करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ५० करोड रहेको थियो । ‘समीक्षा अवधिमा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० ६ अर्ब ३ करोड रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ ।