निर्वाचन आयोगले नेकपाका दुबै समूहसँग छलफल गर्दै

57

काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुबै समूहसँग आज छलफल गर्ने भएको छ ।

आयोगले नेकपाको केपी शर्मा ओली तथा पुष्पकमल दाहाल-माधव नेपाल समूहलाई निर्वाचन प्रयोजनका लागि शुक्रबार उपस्थित हुन भनेको थियो ।

दुवै समूहका अध्यक्ष आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले शुक्रबार दिउँसो साढे ११ बजे बोलाएको हो । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार आयोगको पत्रमा अध्यक्षसहित अध्यक्षले तोकेका पाँच-पाँच जना व्यक्ति उपस्थित हुन भनिएको छ ।

धमलाका अनुसार दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाएको हो । शुक्रबार नेकपाको विभाजनसम्बन्धी पनि छलफल हुने सहायक प्रवक्ता प्रवक्ता धमलाले बताए ।

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोजले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ । नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धीमा शुक्रबार आयोगमा छलफल हुने बताइएको छ ।

समाचार वर्गहरू