निषेधाज्ञाभर बिमा कम्पनीका सबै शाखाहरु बन्द गर्न निर्देशन

39

काठमाडौं – बिमा समितिले बिमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न नियामक निकाय निर्देशन दिएको छ । कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीबारबाट लागू हुने गरी सब शाखा बन्द गर्न निर्देशन दिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब १३ गतेसम्म कम्पनीहरुले शाखा बन्द गर्नेछन् । अत्यावश्यक कामका लागि कर्पोरेट कार्यालय खोल्न सक्ने उनले बताए ।

कोरोनाको नयाँ भेरियन्ट आक्रामक रुपमा मुलुमभर फैलिएको कारण आगामी १३ गते अर्थात निषेधाज्ञा अवधिभर मुलुकभरका सबै शाखा बन्दगर्ने निर्देशन दिएको समितिले जनाएको छ ।

समाचार वर्गहरू