नेकपा र जसपाबिच एकता वार्ता

150

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बिच एकता वार्ता भएको छ । शनिबार पेरिसडाँडामा ती दुई पार्टीबिच एकता वार्ता भएको हो ।

नेकपाका नेता देव गुरुङले यो दुई पार्टी बिचको एकताका लागि प्रारम्भिक छलफल भएकोले वार्ता सकारात्मकतर्फ उन्मुख भएको समेत बताए ।

गुरुङले भने, ‘जसपासँगको एकता वार्ता सकारात्मकतर्फ उन्मुख छ । एकताका लागि यो प्रारम्भिक छलफल हो । प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा आज छलफल भयो । छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति भएको छ । अहिले केही निर्णय भएको छैन ।’

एकता वार्ता नेकपाका तर्फबाट देव गुरुङ र जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए ।

समाचार वर्गहरू