नेकपाको सचिवालय बैठक बस्दै

55

(काठमाडौं) – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ९ बजे बैठक राखिएको एक नेताले जानकारी दिए ।

बैठकमा सरकारले आज प्रस्तुत गर्न लागेको बार्षिक नीति तथा कार्यक्रम, समसामयिक राष्ट्रिय राजनीति लगायतका विषयमा छलफल हुन लागेको हो । सरकार र पार्टीबीच पछिल्लो सयम बढेको दूरी, पटक पटक स्थगित हुँदै आएको स्थायी समिति बैठक लगायत विषयमा पनि बैठकमा छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

नेकपाले बैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्थाका बारेमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि बैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि बैशाख २४ गते स्थगित गरिएको थियो । यस्तै, भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा पनि छलफल हुने बताईएको छ ।

समाचार वर्गहरू