नेकपाले महानगरको अध्यक्ष र सचिवको टुंगो लगायो

14

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले विभिन्न छ वटा महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा शनिबार बसेको नेकपा सचिवालय बैठकले चारवटा महानगरमा तत्कालीन एमाले र दुई वटामा तत्कालीन माओवादी केन्द्रका नेताहरु पर्नेगरी महानगरको नेतृत्व टुंग्याएको हो ।

नेकपाको सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिवमा रविन्द्र श्रेष्ठ, ललितपुरमा अध्यक्ष मञ्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य, पोखरामा अध्यक्ष दिपक पौडेल र सचिवको जिम्मेवारी विश्वप्रकाश लामिछानेलाई दिने निर्णय गरेको छ । चि

तवनको यस्तै भरतपुरमा रामप्रसाद न्यौपानेलाई अध्यक्ष र इश्वर सापकोटालाई सचिव बनाइएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको अध्यक्ष रहबर अन्सारी र सचिव डा. विश्वम्भर थापा तथा विराटनगरको अध्यक्ष सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।

नेकपाले अब विभिन्न आयोगहरु, मञ्च, परिषद् र प्रवास कमिटीको नेतृत्व टुंगो लगाउन बाँकी छ । पार्टी एकताका अरु बाँकी काम छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

समाचार वर्गहरू