नेपाल सम्वतले असमानताको खाडल पुर्ने प्रेरणा प्रदान गरोस : प्रधानमन्त्री 

13

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् । नेपाल सम्वत् ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल सम्वतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सम्वत मौलिक सम्वत भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भनिएको छ “नेपाल सम्वतले हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

नेपाल सम्वतका प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको बताए ।

शंखधर शाख्वाले गरीबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो सम्वत् सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “यसको सुरुवात जसरी विपन्ता विरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ्याउदै हामीलाई विपन्ता विरुद्ध, गरिबी विरुद्धको लड्न नेपाल सम्वतको नयाँ वर्षले मद्धत पु¥याओस।”

प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत्त पु¥याओस् । म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

समाचार वर्गहरू