नेपालमा सुन पूराका पूरा आउन दिनुपर्छ – देउवा

97

काठमाडौं – नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले नेपालमा सुन आउन दिनुपर्ने बताएका छन्। मङ्गलबार (आज) पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन रोकिराख्नु बदमासीपूर्ण कुरा भएको बताएका हुन्।

उनले सुन आउन दिँदा केही नबिग्रिने बताए। ‘मैले सुन पसलेहरूलाई पनि बोलाएर कुरा गरेँ। उहाँहरूले के भन्नभयो भने सुनचाहिँ चोरीको सुनचाहिँ बनाउनुपर्ने अवस्था छ भनेर भन्नुहुन्छ। सुन खोल्दा के बिग्रियो ? मैले खोलेकै हो पहिले सुन। अब सुन पूरै खोलिदिने। चोरीको सुनले केही पनि हुँदैन। सुन किन रोकिराखेको छ, यो बदमासीपूर्ण कुरा हो,’ उनले भने।

नोटमा विश्वास नगर्ने तर, सुनमा विश्वास गर्ने समय आएको उल्लेख गर्दै देउवाले भने, ‘नेपालमा सबैले गहना लगाउँछ, गहना सबैले लगाउन चाहन्छन्। महिलाहरूले गहना लगाउँछन्, अरुले पनि गहना लगाउँछन्। कतिले औँठी लगाउँछन्। नेपालमा सुन खोल्न आवश्यक छ। नोटमा कोही विश्वास गर्दैन, सुनमा विश्वास गर्छन्, के गर्नु। अब नेपालमा सुन पूराका पूरा आउन दिनुपर्छ। रोक्नुको कामै छैन। त्यसले गर्दा बिचौलिया, तस्करहरूलाई फाइदा मात्रै हुन्छ, खोल्नुपर्छ।’

समाचार वर्गहरू