नेप्से ८ अंकले घट्यो, एक अर्ब माथिको कारोबार

56

(काठमाडौं) – कारोबार हुने साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा गिरावट आएको छ । बजार परिसूचक नेप्से ८ दशमलव ६७ अंकले घटेर १ हजार ३ सय ३३ दशमलव ६९ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँले घटेको छ ।

कारोबार हुने अन्तिम दिन बिहीबार नेप्सेमा एक अर्ब ४ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ५ दशमलव ३१ अंकले उकालो लागेको नेप्सेमा एक अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

नेप्सेमा बिहीबार कारोबार भएका जीवन बीमा र उत्पादनमूलक बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ८८ दशमलव ४७ अंकले घटेको छ ।

नेप्सेमा बिहीबार कुल १ सय ७५ कम्पनीका १३ हजार १ सय ३७ कारोबारबाट २८ लाख १ हजार ८ सय ३ कित्ता सेयर किनबेच भए । अन्तिम दिन आज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।

समाचार वर्गहरू