नेसपामा महिन्द्र यादव पक्षका नेता जिम्मेवारीबाट मुक्त

29
फाइल फोटो

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) को बाबुराम भट्टराइ पक्षले महिन्द्र यादव पक्षधर नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।

आइतबार सेङ्कव कार्यकारणी समितिको बैठकद्ले भट्टराइ पक्षलाई बाइपास गर्दै नेकपा (माओवादी) सँग पार्टी एकीकरण गर्ने घोषणा गरेका महिन्द्र यादव पक्षधर नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो।  

आइतबारको बैठकको दुई तिहाइ सदस्यबाट उक्त निर्णय भएको पार्टीका प्रवक्ता कृष्णप्रसाद शर्माले बताए। उनले भने,‘जुन जुन व्यक्ति पार्टीबाट बर्हिगमन भइ माओवादीसँग एकताको घोषणा गरेका छन् ती सबै व्यक्ति जिम्मेवारीबाट मुक्त भएका छन।’

महिन्द्र यादव पक्षका नेताहरूका आइतबारको बैठकलाई बहिस्कार गरेका छन्। अहिले दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू