पत्रकार साह हत्या घटनाका मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ

48

बारा – बाराका पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १३ वर्षपछि मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–२ तेलकुवा टोलका ४५ वर्षीय हरेराम पटेल भनिने हरेराम प्रसाद कुर्मी छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कुर्मीलाई बिहीबार दिउँसो साढे २ बजे कोल्हवी नगरपालिका–४ सपही टोलबाट पक्राउ गरेको हो । पत्रकार साहको २०६४ असोज १८ गते अपहरण भएको थियो ।

पत्रकार साहलाई कुर्मी समेतका ५ जना व्यक्तिले अपरहण गरी स्थानीय जंगलमा लगेर गोली हानी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पत्रकार साहको शव भने खाल्टोमा गाडिएको अबस्थामा सोही बर्षको कार्तिक २२ गते फेला परेको थियो ।

समाचार वर्गहरू