पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

28

चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति सवा दुई बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण बाटो खुल्न केही सयम लाग्ने जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

अहिले डोजर र लोडरको प्रयोग गरी पहिरो पन्छ्याउने काम भईरहेको प्रहरिले जनाएको छ ।

समाचार वर्गहरू