पाटे बाघको छाला सहित ६ पक्राउ

55

(काठमाडौं) – पाटे बाघको छाला सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

बाघको छाला बेचबिखन भइरहेको सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले उनीहरुलाई गजुरी गाउँपालिका-२ चालिसेबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गजुरी-३ का ३८ वर्षीय भाइराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क, ३४ वर्षीय राजेन्द्र तामाङ, वडा नम्बर ४ का २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका-२ का ५७ वर्षीय सन्त तामाङ र वडा नम्बर ३ का २१ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

३ वटा मोटरसाइकलमा ६ जनाले वालसिङ भन्ने ठाउँबाट हाइवेतर्फ ल्याउँदै गरेको बाघको छालासहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ७ फिट २ इन्च लम्बाई, १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू