पार्टीभित्रका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी : कांग्रेस सभापति थापा

4

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विराटनगरस्थित कोइराला निवास पुगेर भेटघाट गरेका छन्। अहिले शेखर कोइराला विराटनगरमा बस्दै आएका कारण आज शनिबार बिहान त्यहाँ पुगेका हुन्।

कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपाली कांग्रेसभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताए। उनले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको बताए। उनले भने, ‘भित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने पार्टी सभापतिको रूपमा मेरो जिम्मेवारी हो।

हामी सबै साथीहरू मिलेर प्रयत्न गरिरहेका छौँ। सबै नेताहरूले अहिलेको अवस्था र गम्भीरता बुझ्नुहुन्छ भन्ने विश्वास छ।’ केन्द्रीय समिति बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूल संरचनाभित्र आएर काम गर्न आग्रह गरिरहेको बताए।

नेपाली कांग्रेसभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताए। उनले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको बताए। उनले भने, ‘भित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने पार्टी सभापतिको रूपमा मेरो जिम्मेवारी हो।

सदस्यता व्यवस्थापन, अनुशासन समिति तथा निर्वाचन समिति गठन सबै पक्षको सल्लाहमा गर्न आफू तयार रहेको बताए। उनले थपे, ‘पार्टीको सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति सबैको सहमतिमा बनाउन तयार छौँ। सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ।’

पार्टीको विधान विपरीत गतिविधि गर्ने र पार्टीको काममा अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई भने अब छुट नदिइने स्पष्ट पार्दै आवश्यक परे धन्यवाद दिएर बिदा गर्ने चेतावनी दिए।

उनले भने, ‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समिति भित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब के त्यहाँ अनुहार मन पर्दैन भन्नुपर्‍यो।

त्यो भन्दा बाहेक बाँकी रहने भन्ने ठाउँ चाहिँ केही पनि छैन।’ उनले विभाजनको दिशातर्फ जाने कुनै अवस्था नरहेको जिकिर गरे।

समाचार वर्गहरू