मध्यबिन्दु/काठमाडौं – पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कार्कीकी श्रीमती मुनालाई चौधरीले पिर्काले हानेर हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।
मुनाको हत्यापछि चौधरीले आत्महत्या गरेको पनि सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । सोमबार घरमा कोही नभएको अवस्थामा चौधरीले मुनाको हत्या गरेका थिए ।