पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृतविरुद्ध भ्रष्ट्राचार मुद्दा

30

मध्यबिन्दु/काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । कार्यालयका लेखा अधिकृत विष्णु हरि पुडासैनीले सेवाग्राहीसँग घूस मागेको भन्दै आयोगले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

यसअघि कार्यालयका लेखा अधिकृत विष्णु हरि पुडासैनीलाई २२ हजार रुपैयाँ घूससहित आयोगको टोलीले पक्राउ गरेको थियो । पुडासैनीले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की लिनका लागि आएका सेवाग्राहीसँग घूस माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको आयोगले जनाएको छ । पीकेबी निर्माण सेवामार्फत हेटौंडा फर्पिङ, सिस्नेरी सडक निर्माणको लागि टेन्डर सम्झौता बमोजिमको मोविलाइजेशन पेश्की उपलब्ध गराउने क्रममा पुडासैनीले सेवाग्राहीसँग २२ हजार रुपैयाँ घूस लिएको अनुसन्धानबाट खुलेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर अपराध गरेका भन्दै आयोगले सोही रकम बराबरको बिगो कायम गरी पुडासैनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९क० बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

समाचार वर्गहरू