काठमाडौं – पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आइतबार बिहान २:५९ बजे भूकम्प गएको हो ।
यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूगर्भविदहरुले पश्चिम नेपालमा वर्षौंदेखि ठूलो भूकम्प नगएकाले सो क्षेत्र ठूलो भूकम्पको उच्च जोखिममा रहेको औंल्याएका छन् ।