प्रतिनिधिसभाको पहिलो बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची

73

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

संसद सचिवालयले पहिलो अधिवेशनअन्तर्गत बिहीबार बस्न लागेको प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

बैठकको सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा सुनाउने कार्यसूची छ ।

यस्तै राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र सुनाइने छ।

यस्तै बैठकमा तीन वटा अध्यादेश पनि पेश हुनेछन् । मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने सूची पनि छ । भने, सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।

समाचार वर्गहरू