प्रत्यायन नियमावली २०८३ पारित भएर प्रमाणीकरण गर्ने क्रममा रहेको जानकारी प्राप्त : एशोसिएशन अध्यक्ष देउजा

51

काठमाडौं । गुणस्तर परिक्षण, अशंकन, समरुपता परिक्षण, प्रबिणता परिक्षण आदि काम कारबाही प्रत्यायन नियमावलीको अभावमा रोकि राखेको कुरा सिभिल इन्जिनियर ल्याबरेटोरी एशोसिएशन अफ नेपाल (Celan Nepl) ले आफ्नो स्थापना काल (१ बर्ष अधि देखि) देखि नै आवाज उठाउदै आएको एशोसिएशनका अध्यक्ष राम शरण देउजाले बताएका छन् ।

उनले सोकै निरन्तरताको क्रममा २०८३ बैशाख २१ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीलाई भेट गरि प्रत्यायन ऐन २०७९ जारी भएपनी नियमावलीको अभावमा गुणस्तर परिक्षण सम्बन्धि थुप्रै काम कारबाही रोकिएकोले तत्काल नियमावली जारी गर्न सुझाब दिएको बताएका छन् ।

उनले सोही सुझाब अनुसार लगत्तै २०८३ जेठ ५ गतेको मन्त्री परिषदको बैठकबाट प्रत्यायन नियमावली २०८३ पारित भएर प्रमाणीकरणको क्रममा रहेको कुरा जानकारी हुन आएको जानकारी दिएका छन् । यसको लागि नेपाल सरकार प्रती सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएशन अफ नेपाल हार्दिक आभार सहित धन्यवाद समेत ब्यक्त गरेको अध्यक्ष देउजाले बताएका छन् ।

समाचार वर्गहरू