प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला जाँदै

81

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै छन्। कर्णाली करिडोरको खार्पुनाथ-५, मा पर्ने चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जान लागेका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार आज बिहान १० बजे बेलिब्रिजको उद्घाटन गर्ने कार्यक्रम छ।देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोट मात्र हो।

२६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन। यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने भएको छ।

यसअघि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘हुम्ला अब टाढा छैन’ भन्ने जानकारीसहितको एक पोष्ट सार्वजनिक गरेका थिए। उनले हुम्लामा सडक सञ्जाल पुर्याउने आफ्नो दशकौँ पुरानो सपना पूरा हुँदै गरेको लेखेका थिए।

समाचार वर्गहरू