काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । अहिले २२ मन्त्रालय रहेकामा प्रधानमन्त्री शाले आफूसँग ३ मन्त्रालय राखेका छन् । बाँकी ४ मन्त्रीलाई दुई/दुई मन्त्रालयकाे जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री शाहले आफूसँग प्रधानमन्त्री कार्यालयसँगै रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राखेका छन् ।
शाहले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रतिभा रावललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरीलाई कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण र निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
बाँकी मन्त्रीलाई एक/एक मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, खडक पौडेल (गनेस)लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा.विक्रम तिमल्सिनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका शाहले श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दीपक साहलाई र सीता बादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
अहिले रहेका मन्त्रालयहरू
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. गृह मन्त्रालय
३. परराष्ट्र मन्त्रालय
४. अर्थ मन्त्रालय
५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
६. रक्षा मन्त्रालय
७. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
९. ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
१०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
११. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१२. वन तथा वातावरण मन्त्रालय खाली
१३. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
१४. सहरी विकास मन्त्रालय
१५. कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
१६. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१७. खानेपानी मन्त्रालय
१८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१९. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
२०. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
२१. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
२२. युवा तथा खेलकुद मन्त्रालय
कसलाई कुन मन्त्रालय ?
प्रधानमन्त्री बालेन्द्र शाह: रक्षा र उद्योग मन्त्रालय
स्वर्णिम वाग्ले: अर्थ मन्त्रालय
सुधन गुरुङ: गृह मन्त्रालय
शिशिर खनाल: परराष्ट्र मन्त्रालय
सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
खड्कराज पौडेल (गनेश): पर्यटन मन्त्रालय
सस्मित पोखरेल : शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय
निशा मेहता: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विक्रम तिमिल्सिना: सञ्चार मन्त्रालय
प्रतिभा रावल: सामान्य प्रशासन मन्त्रालय
दीपक साह (महोत्तरी): श्रम मन्त्रालय
सोविता गौतम: कानुन मन्त्रालय
सीता बादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय