काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। छिमेकी राष्ट्र भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा शुक्रबार (चैत १८) गते भारत भ्रमणमा गएका थिए।
शुक्रवार भारत गएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गरेका थिए । यस्तै भ्रमणकै क्रममा नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता भएको छ ।
भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। त्यस क्रममा केही आयोजनाको उद्घाटन गरिएको थियो। साथै, विभिन्न चार वटा सम्झौता गरिएका थिए।
उनको भ्रमण टोलीमा पत्नी आरजु राणा; परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव; नौ जना सचिव, उद्योगी, व्यवसायी, सञ्चारकर्मी गरी ५० जनाको टोली थियो।