प्रधानमन्त्रीलाई कसैले टेर्दैनन् – गगन थापा

16
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नै उपप्रधानमन्त्री र मन्त्रीहरुले नटेरेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्रीले वर्तमान अवस्थामा अभिभावकको रुपमा भरोसा र ढाडस दिन नसकेको उल्लेख गर्दै उनलाई उनकै मन्त्रीले नटेरीरहेको बताए । 

उनले भने- ‘संसद्मा मन्त्री आउँदैनन, उपप्रधानमन्त्री आउँदैनन् । मन्त्रीले खल्तीबाट राजीनामा दिउँ, राजीनामा दिउँ, थर्काको छ । यता थर्काको छ, उता थर्काको छ । यस्तो प्रधानमन्त्री, यस्तो लुते प्रधानमन्त्री भएको बेलामा सम्हाल्छ त ? मैले आरोप लगाएको होईन, मन्त्रीले टेर्देनन्, मुख्यमन्त्रीले टेर्दैनन्, कसैले टेर्दैनन् ।’

प्रधानमन्त्रीको कार्यशैलीप्रति असहमती जनाउँदै उनले अगाडी भने- ‘यो बेलामा प्रधानमन्त्रीले ढ्याक्क संसद्मा उभिएर म छु । नआत्तिनुस् म अभिभावक, म सरकारमा सहभागी दलहरुलाई मात्रै प्रतिपक्षलाई पनि मिलाउँछु । नआत्तिनुस् देश विदेशमा काम गरेर साथीहरुले पैसा पठाएका छन् । म भरोसा दिन्छु, म सम्हाल्छु भन्न्पर्ने ठाउँमा गनगन गरेको छ, रोएको छ, यता डौडेको छ, उता डौडेको छ ।

उनले एमालेले प्रतिपक्षको भूमिकामा देखिएको बताउदै उनले एमालेले सरकारमा आफै भएर बजेटको पनि विरोध गरिरहेको बताए । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू