प्रधानमन्त्रीले विधि मिचेर प्रधानन्यायाधीशको प्रस्ताव ल्याउनुभयो : अध्यक्ष दाहाल

90

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्‌मा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राखेका छन् ।

प्रधानमन्त्रीले क्षमता र योग्यताका हिसाबले शर्मालाई नियुक्त गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावले प्रधानन्यायाधीश नियुक्तिको परम्परा र वरिष्ठताक्रम मिचिएको भन्दै उनीहरूले फरक मत राखेका हुन् ।

‘प्रतिपक्षी र राष्ट्रिय सभाको अध्यक्षको रुपमा हाम्रो फरक मत रह्यो,’ राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भने, ‘विधि प्रक्रिया मिचेर हठात् प्रस्ताव आएकाले सहमति जनाउन सकिएन ।’

प्रधानमन्त्रीले न्याय सम्पादन मात्र भनेर भएन न्याय सम्पादन र विज्ञका हिसाबले शर्मालाई प्रस्ताव गरिएको भन्दै दलिल पेश गरेका थिए ।

समाचार वर्गहरू