प्रधिकरणले उद्योगमा काटिएको बिजुली नजोड्ने

70

काठमाडौं – उद्योगमा काटिएको बिजुली जोड्नेबारे हिजो बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको वैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद तथा उद्योगमा काटिएको बिजुलीबारे छलफल गर्न सोमबार बसेको सञ्चालक समिति बैठक बिना निष्कर्ष टुङ्गीएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्राधिकरणको बैठक बसे पनि सञ्चालकहरूबीच सहमति जुट्न सकेन । गएको शुक्रवार प्रधानमन्त्री ओलीले तत्काल बिजुली जोड्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । तर, प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने र त्यसका लागि लिखित आउनुपर्ने अडान राखेको थियो ।

आइतवार विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताहित संरक्षणसम्बन्धी निर्देशिका, ०८० को दफा १३ को उपदफा १ र १० का आधारमा बिजुली जोड्न भन्दै प्राधिकरणलाई पत्र काटेको थियो ।

प्राधिकरणले ०७२ माघदेखि ०७५ वैशाखसम्मको साढे ६ अर्ब बक्यौता उठाउन गएको असार २५ यता ६ वटा उद्योगको विजुली काटेको छ । प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ, हुलास स्टिल, जगदम्बा सिन्थेटिक, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काटेको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू