प्रसिद्ध कवि,साहित्यकार टि. एस.इलियट संक्षिप्त जिवनी

97
2nd June 1951: American-English poet and playwright, TS Eliot (1888 - 1965). He wrote amongst many other things, 'The Waste Land ' and the plays, 'The Cocktail Party' and 'Murder in the Cathedral'. Original Publication: Picture Post - 5314 - Are Poets Really Necessary? - pub. 1951 (Photo by George Douglas/Picture Post/Getty Images)

सुशीला शर्मा
यो कोरोना महामारीका दिनहरुमा प्रसिद्ध अन्तरराष्ट्रिय साहित्यकारका नाम र उनीहरुका भनाईलाई पढ्दै जाँदा यी थोमस ईलियटको एक भनाईमा आँखा पर्यो उनको एक उद्ध्गार यस्तो भाव समेटिएको थियो “अवास्तविक मित्रता बास्तविकतामा परिवर्तन हुन सक्छ, तर एक पटक अन्त भएको मित्रता फेरि गाँसिन सक्दैन् ।” उनको यो भनाई मर्डर ईन द क्याथेड्रल भन्ने ड्रामाबाट लिईएको रहेछ । यही भनाईलाई देखेर यी कवि तथा नाटककारको बारेमा केही जान्ने ईच्छा भएर यी कुराहरु खोजियो ।
थोमस ईस्टर्नस ईलियट २६ सेप्टेम्बर १८८८मा जन्मेर ४ जनवरी १९६५मा मृत्यु भएका एक अमेरिकन कवि,निबन्धकार, नाटककार हुन् । उनको जन्म अमेरिकाको मिसोरी बोस्टनमा एक पादरी परिवारमा भएको थियो । इलियट बिसौं शताब्दीका प्रसिद्ध कवि थिए । उनले वेस्टलैण्ड, द हलो मेन,एस वेडनस्डे जस्ता चर्चित कविता लेखेका थिए । उनी नाटककारका रुपमा पनि प्रसिद्ध छन् । विशेष गरेर मर्डर ईन क्याथेड्रल,दि ककटेल पार्टी जस्ता नाटकहरु प्रसिद्ध छन् । यी नाटकको पछि फिल्म पनि बनेका छन् । ईलियटले सन् १९४८को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

थोमस ईलियटको नाम उनको मामाघरका हजुरबुवाको नामबाट लिईएको थियो । उनका बुबा हेनरी बेर ईलियट एक सफल व्यापारी थिए भने आमा कवि तथा समाजसेवी थिईन् । बाल्यावस्थामा ईलियटको स्वास्थ्य समस्याको कारणले धेरै सामाजिक कृयाकलापमा भाग लिन सकेनन् । उनी समुदायबाट छुट्टयाईएका जस्ता थिए त्यस्तै कारणले ईलियटको साहित्यतर्फ रुचि बढ्दै गयो । जब उनले पढ्न सिके तबदेखि नै कितावसंग मितेरी लगाईहाले । ईलियटका साथी रोवोर्ट भन्छन “यूवा अवस्थामा ईलियट झ्यालको छेउमा बसेर कयौं किताबहरु पढ्ने र कठिन जीवनको विरुद्ध भविष्यको औषधीको सपना देख्थे । सन् १८९८ देखि १९०५ सम्म ईलियटले स्मिथ एकेडेमी ब्वाईज कलेजमा भर्ना भएर ल्याटिन,प्राचिन ग्रीक,फ«ेन्च र जर्मन अध्ययन गरे । त्यहाँ ईलियटले कविता लेख्न शुरु गरे । उनको पहिलो कविता ए फेवल फर फिस्टर विद्यालयको अभ्यासको रुपमा स्मिथ एकेडेमीमा अभिलेख गरिएको थियो । मिसोरी र मिसिसिपी ईलियटका मन पर्ने स्थान थिए । ग्रयाजुएसन गर्ने बेलामा ईलियट म्यासाच्युसेट्सको मिल्टन एकेडेमीमा भर्ना भए जहाँ उनले स्कोफिल्ड थेयरलाई भेटे जसले वेस्ट लैण्डको प्रकासन गरेका थिए । ईलियटले हार्डवर्ड कलेजमा फिलोसोफीको अध्ययन गरे ।
सन् १९०९ देखि १९१०सम्म हार्वडमा फिलोसफी असिस्टेन्ट भएर काम गरिसकेपछि ईलियट १९१० देखि १९११ सम्म फ्रान्स गए र त्यहाँ दर्शनशास्त्र अध्यन गरे । जहाँ उनले हेनरी बर्गसनको लेक्चर कक्षामा सामेल भए । त्यहाँ उनले कविता पनि पढे । उनी पुनः हार्डवर्डमा फर्केर ईन्डियन दर्शनशास्त्र तथा संस्कृतको अध्ययन गरे । हार्वड ग्रयाजुएट स्कूलमा ईलियटले इमली हेललाई भेटे र उनको प्रेममा परे ।

सन् १९१४ मा ईलियटले छात्रवृत्तिमा अक्सफोर्डको मेर्टन कलेजमा अध्ययन गर्ने मौका पाए । अक्सफोर्ड युनिभर्सिटीले ईलियटलाई तान्न सकेन् । अक्सफोर्डलाई छल्दै ईलियटले धेरै समय लण्डनमा बिताए । “नलेज एण्ड एक्सपेरियन्स इन दी फिलोसोफी” मा आफ्नो डक्टरेट गरे । त्यसपछि उनी लण्डनमा बसेर शिक्षण गर्न थाले । यो भन्दा पहिले नै सन् १९१५ मा ईलियटले भिभिन हेयसंग विवाह गरिसकेका थिए ।

ईलियट र भिभिनको दाम्पत्य जीवन सुखमय रहेन । जसको कारणको रुपमा भिभिनको खराब स्वास्थ्य अवस्था रहेको थियो पनि भनिन्छ । उनलाई अनिन्द्रा, माईग्रेन, कोलाईटिस जस्ता रोगहरु थिए । यो जोडीमा मानसिक अस्थिरता थियो पनि भनिन्छ । ईलियटले आफ्नी श्रिमती भिभिनलाई डाक्टरकोमा पठाईरहे स्वास्थ्य सुधार हुन्छ कि भन्ने आशामा । सन् १९३३ मा यो जोडिी विधिवत रुपमै छुट्टिए । पछि भिभिनको भाई मौरिसले उनको ईच्छा विपरित मानसिक अस्पताल पठाए त्यहाँ उनी उनको हृदय सम्बन्धी रोगको कारण मृत्यु हुनु अघि सन् १९४७ सम्म त्यही अस्पतालमा थिईन् । ईलियट र भिभिनको जीवनी त्यतिवेला एउटा विषय नै बन्यो जसमा “टम एण्ड भिभिन”नामक नाटक तथा पछि गएर फिल्म नै बन्यो ।

थोमस ईलियटले आफ्नो साठीऔं वर्षताका यो कुरा स्वीकार गरेका छन कि म भिभिनसंग यसकारण प्रेममा थिए किनकि म ईग्लैण्डमै आफ्नो जीवनको डुङ्गा खियाउन चाहन्थे र उनी पनि । ”तर यो विवाहले हाम्रो जीवनमा खुसी ल्याउन सकेन र मेरो मस्तिष्को अवस्था भन्दा बाहिर गयो ।
सन् १९३३ देखि १९४६ सम्म ईलियट ईमली हेलसंग घनिष्ठ र भावनात्मक सम्बन्धमा थिए । पछि ईलियटले ईमली हेलले पठाएका सबै पत्रहरु नष्ट गरिदिए । तर हेलले भने प्रिष्टन युनिभर्सिटीको लाईब्रेरीमा ईलियटले पठाएका पत्रहरु डोनेट गरिदिईन् । जहाँ उनीहरु एकअर्कामा अनुबन्ध भएका थिए । सन् १९५७ मा ६८ वर्षको उमेरमा ईलियटले ३० वर्षीय एस्मी भेलरी प्ःmलेचरसंग विवाह गरे । प्ःmलेचर सन् १९४९ देखि नै फेवर एण्ड फेवरमा सेक्रेटरीको रुपमा काम गर्दै आईरहेकी थिईन् । उनीहरले आफ्नो विवाहलाई गोप्य नै राखे । ईलियटको दुबै पत्नीबाट सन्तान भएनन् ।

शिक्षण,बैकिङ्ग,प्रकासन
मेर्टन छोडेपछि ईलियटले लण्डनको हाईगेट प्राईभेट स्कुलमा अध्यापन गराउन थाले । त्यहाँ उनले फ्रेन्च र ल्याटिन पढाए त्यसपछि उनले अर्को रोयल ग्रामर हाईस्कूलमा (बकिंघमसायर) मा पढाउन थाले । ईलियटले अतिरिक्त आम्दानीको लागि पुस्तकहरु रिभ्यू गर्ने तथा लण्डनको युनिभर्सिटीमा अध्यापन पनि गराउन थाले ।
ईलियटले लण्डनको एक बैंकमा वैदेशिक लेखा सम्बन्धी काम गर्न शुरु गरे । यही क्रममा ईलियट फ्रान्सको भ्रमणमा गए । त्यहाँ उनले फ्रान्सेली लेखक जेम्स जोईसलाई भेटे । ईलियटलाई शुरुमा जोईस एकदम रिसाहा जस्तो लागेको थियो भने जोईसलाई पनि ईलियटलाई कविको रुपमा हेर्न शंका लागिरहेको थियो । तर यी दुईजना चाँडै नै मित्र बने ।
सन् १९२५ मा ईलियट एक प्रकासन संस्था “फेवर एण्ड गियर” र पछि फेवर एण्ड फेवरको निर्देशक भए । यस प्रकासन संस्थामा ईलियटले महत्वपूर्ण अंग्रेजी कविहरुको कविता प्रकासन गर्ने जिम्मेवारी पाएका थिए । सन् १९२७ मा ईलियटले व्रिटिस नागरिकता लिए । त्यसपछि उनी पेरिस चर्चको वार्डेन भए । उनी सोसाईटी अफ किङ्ग चाल्र्स द मार्टियस को आजिवन सदस्य भए । उनी विशेषतः एंग्लो क्याथोलिकको रुपमा परिचित भए ।

सन् १९६० पछि ईलियटले आफ्नो खराब स्वास्थ्यको कारण उनले बेसलेन युनिभर्सिटी प्रेसमा सम्पादकको काम गर्न थाले । जहाँ उनले युरोपका नयाँ कविहरुको खोजी गर्दै कविता प्रकाशन गरे । ईलियटको मृत्युपछि उनको श्रिमती भेलरीले आफ्नो समय ईलियटका योगदानको संंरक्षण गर्ने कार्यमा लगाईन् ।
यसरी सरर थोमस ईलियटको जीवनी पड्दा उनी त्यो समयका चर्चित साहित्यक , कवि हृदयका मानिस हुन त्यही कारणले नै उनले नोवल पुरस्कार पाए भन्ने सत्य हो तर उनको महिलाहरुसंगको सामिप्यता चाँहि प्रेममा , ठाउँ विशेषको मायाले जोडेको दाम्पत्य जीवनमा र पछिल्लो चरणमा गरिएको विवाह पनि प्रेम र सहयोगमै सिमित रह्यो भन्ने कुरा उनको जीवनी पढ्दा थाहा पाउन सकिन्छ ।

समाचार वर्गहरू