प्राकृतिक छटाले भरिपूर्ण हेलम्बु

15

सिन्धुपाल्चोक – हेलम्बु पर्यटकीय गन्तव्य मध्येको एक हो सिन्धुपाल्चोकको ह्योल्मो समुदायको सुन्दर बस्ती हेलम्बु । लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ हो । लाङटाङ पदयात्राको लागि हेलम्बु चर्चित छ । प्राकृतिक छटाले भरिपूर्ण हेलम्बु मनमोहक छ ।

गाउँ आउने पर्यटकलाई ह्योल्मो समुदाय सेतो खादा पर्हियाएर स्वागत गर्छन् । नुन चिया, चौरीको दूध चिया र करु चिया खुवाएर सत्कार गर्छन् । त्यसैले उनीहरु आत्मिय लाग्छन् ।

ह्योल्मो क्षेत्रका तत्कालीन हेलम्बु, किउल, इचोक र महांकाल, दुवाचौर र पाल्चोक गाविस अहिले एकीकृत हेलम्बु गाउँपालिकाले चिनिन्छन् । यहाँ ह्योल्मो समुदाय अर्थात शेर्पा, तामाङ र लामा समुदायको बाहुल्यता छ ।

तीन दशकअघि हेलम्बु ‘स्याउको सहर’ नामले चिनिन्थ्यो। अहिले स्याउ हेलम्बुबाट लोप भइसकेको छ । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा हेलम्बुलाई फेरि स्याउ सहर बनाउँदै लैजना योजनामा रहेको सुनाउँछन् ।

ट्राउट माछा हब हेलम्बुको पछिल्लो चिनारी हो । यहाँ एक दर्जन संख्यामा ट्राउट माछा फर्म छन ्। ट्राउट माछा राजधानीको तारे होटलमा खपत हुन्छन् । पुस, माघको समय हिमाल खुल्ने मौसम हो ।

समाचार वर्गहरू