फरार अभियुक्त झापाबाट पक्राउ

39

(ताप्लेजुङ) – कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । मैवाखोला गाउँपालिका–१ बस्ने प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले स्थानीय प्रहरीको समन्वयमा तामाङलाई झापाको दमक नगरपालिका–२ गुम्वाचोकबाट पक्राउ गरेको हो ।
यसैबीच, श्रीमतीको हत्या गरेको अभियोगमा धादिङबाट श्रीमान पक्राउ परेका छन् ।

पक्राउ गर्नेमा निलकण्ठ नगरपालिका–१४ पात्ले का ४५ वर्षीय लुरे नेपाली छन् । मादक पदार्थ सेवन गरी उनले श्रीमती ५५ वर्षीया कान्छी नेपालीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट कान्छिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू