(मोरङ) – विभिन्न अपराधमा संलग्न भइ फरार रहेका तीन जना मोरङबाट पक्राउ परेका छन् । चोरी मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका विराटनगर ११ का भरत मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सवारी ज्यान मुद्दाका फरार प्रतिवादी मोरङको लेटाङका भीमबहादुर सार्कीलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ ।
यस्तै वन पैदावार ओसापसार मुद्दाका अभियुक्त सेमन्त दाहाललाई मधुमल्लामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई अदालतमा हाजिर गराइने प्रहरीले जनाएको छ ।