बन्चरो हानेर श्रीमतीको हत्या

138

काठमाडौं – आफ्नै श्रीमानको बन्चरो प्रहारबाट सोमबार मकवानपुरमा एकजना महिलाको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार जिल्लाको कैलाश गाउँपालिकामा एक युवकले बन्चरो हानेर श्रीमतीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार कैलाश गाउँपालिका– ५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

प्रहरी निरीक्षक पण्डितका अनुसार इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले सोमबार राति नै मंगलबहादुरलाई पक्राउ गरेर हिरासतमा राखेको छ। उनीहरूकी १३ महिनाकी छोरी छिन्।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

समाचार वर्गहरू